१८ बैशाख २०८१, मंगलबार
Header

प्रधानमन्त्रीलाई बोल्नै दिएन कांग्रेसले


प्रकाशित: मंगलवार, ३ असार २०७६, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएनन । 


प्रम ओलीले युरोप भ्रमण जानकारी दिने तथा गुठी विधेयक तथा मिडिया काउन्सीलबारे बोल्ने कार्यक्रम रहेको थियो तर कांग्रेसका सांसदहरुका नाराबाजी गरेपछि सांसद अवरुद्ध भएको थियो ।


बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएका थिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।


तर सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए पनि तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आएका थिए । 


सांसद बैठक अवरुद्ध अर्को बैठक भोलि ४ बजेको लागि आव्हान गरिएको छ । 


सरकारले ल्याएको गुठी विधेयकविरुद्ध सडकमा उत्रेका प्रदर्शनको कारण तनावमा रहेको प्रमलाई विपक्षीले रोष्टम घेरेर अवरोध गरेपछि प्रधानमन्त्री विना सम्बोधन फर्कन बाध्य भएको थियो । 


कांग्रेसले यतिखेर गुठी विधेयक विरुद्ध चर्को रुपमा सरकारको विरोध गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD