काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनवाईकै क्रममा ह्दयघातको कारण निधन भएको छ ।
सुनवाईको बेला आकास्मात उनी लडेपछि उनको निधन भएका इजिप्टका सरकारी अधिकारीहरुको भनाई छ ।
तर उनको पाटी मुस्लिम ब्रदरहूड र परिवारले भने सरकारी अधिकारीहरुको भनाईका खण्डन गरेका छन ।
उनीहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन ।
६७ वर्षीय मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । उनीमाथि प्यालेस्टाइन इस्लामिक ग्रुप ह्याम्ससँग सम्बन्ध राखेको लगायत अभियोग लगाइएको छ ।
मोर्सी इजिप्टमा हाल प्रतिबन्धित इस्लामिस्ट मुभमेन्ट मुस्लिम ब्रदरहुडका शीर्ष नेतामध्ये एक हुन ।
Categorized in अन्तर्राष्ट्रिय