काठमाडौं । बझाङ जीप दुर्घट्नामा मृत्यु हुने ९ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका छन ।
वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ ।
जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
Categorized in समाज