काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन ।
विमानस्थलमा प्रम ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधेयक सच्चाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’
सरकारको मन दुखाउने काम सरकारले गर्ने छैन, भुलवस कुनै गल्ती भए सुधारिने प्रम ओलीले सञ्चारकर्मीसमक्ष आफ्नो भनाई राखे ।
जेठ २६ गते आईतबार माईतीघर मण्डलमा विधेयक विरुद्ध उत्रेका उपत्यकावासीहरुमाथि प्रहरी दमन भएपछि आन्दोलनले उपत्यका हुँदै देशव्यापी रुप लिन थालेपछि सरकार तनावमा रहेको छ ।
Categorized in समसामायिक