काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अफ्नो साताव्यापी युरोप भ्रमण पूरी आज काठमाडौं आईपुग्ने छ ।
प्रम ओली काठमाडौं पुगेपछि नेकपा सांसद रामवीर मानन्धरले प्रधानमन्त्री ओलीलाई गुठी विधेयक फिर्ता लिन पहल गर्ने हिजो आयोजित एक कार्यक्रममा बताएका थिए ।
नेकपा सासद मानन्धर, रोजेश शाक्य, नेपाली कांग्रेस सांसद भीमसेन दास प्रधान लगायतले गुठी विधेयक फिर्ता लिन भन्दै प्रतिनिधिसभा बैठकमा माग गरिरहेका छन ।
युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका पुरा गरी ओली कतार एयरवेजको विमानबाट अहिले बिहान काठमाडौं एयरपोर्टमा आइपुग्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
जेठ २५ गते युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओली राजधानी फर्केलगत्तै गुठी आन्दोलनबारे चर्चा हुने नेताहरुले बताएका छन ।
उपत्यककाका स्थानीयवासी, गुठीयार, सम्पदा अभियान्ताहरुले सरकारले प्रस्तुत गरेको गुठी विधेयक विरुद्ध चर्को आन्दोलन चर्काईरहेका बेला प्रम ओली भ्रमण रहेका थिए ।
ओली सरकारलाई गुठी आन्दोलनले चर्को दवाव पारेकको छ ।
Categorized in समसामायिक