३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

दाङको लमहीमा ३ भारतीय मजदुरको मृत्यु


प्रकाशित: शनिवार, ३२ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । दाङको लमहीमा निर्माणाधिन सिमेन्ट उद्योगको ढलानमा परि ३ भारतीय मजदुरको मृत्यु भएको छ । 


लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


मृत्यु हुनेहरुमा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । 


उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा उनीहरुको मृत्यु भएको हो ।  


उक्त घटनामा थप ३ जना घाईते भएका छन । घाईतेहरु अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोड रहेका छन जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex