काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रवार बिहान दुर्घ्ना हुँदा ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु हो ।
पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान हुन बाँकी रहेको छन भने अटोमा सवार घाइते पाँच जनको महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ ।
दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
Categorized in स्थानिय