२ भाद्र २०८३, मंगलबार
Header

चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट


प्रकाशित: बुधवार, २९ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा बुधवार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ ।


डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको प्रहरीले बताएको छ । 


चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको आगेले लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । 


घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । 


यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

 

स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex