काठमाडौं । काठमााडौं महानगरपालिकाले स्वास्थ्य सेवामा जागिरको लागि खुलाएको विज्ञापनमा १५३८ जनाले आवेदन दिएको छ ।
जेठ २ गते विज्ञापन आव्हान गरे अनुसार ४० पदका लागि १२९४ र श्रेणी विहिन ४ पदका लागि २४४ ले आवेदन भरेका छन ।
मंगलावरसम्म अन्तिम म्याद रहेको यस विज्ञापन अन्र्तगत सातौं तहका १० जना मेडिकल अधिकृत, सहायक स्तर पाँचौं तहका लागि हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०÷१० जना कर्मचारी माग गरिएको थियो ।
त्यसैगरी श्रेणीबिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको थियो ।
लिखित र अन्तरवार्ताबाट परीक्षा लिइने यस प्रतिस्पर्धामा सातौं तहको मेडिकल अधिकृतमा १९ जनाको दरखास्त परेको, मानव संशाधन महाशाखा प्रमुख बखत साउदले जानकारी दिए ।
त्यसैगरी सहायक स्तर पाँचौं तहका ३ पदहरु हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव टेक्निसियनमा क्रमश ३०८, ५७८ र ३८९ जनाको दरखास्त परेको छ भने श्रेणीबिहिन कार्यालय सहयोगीमा २४४ जनाको दरखास्त परेको छ ।
Categorized in स्थानिय