३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

शौचालयको छत्त भत्किँदा ४ जना बालबालिकाको मृत्यु


प्रकाशित: मंगलवार, २८ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । दार्चुलामा एक विद्यालयको शौचालयको छत्त खस्दा ४ जना बालबालिकाको मृत्यु भएको छ । 


नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छत भत्किँदा अन्दाजी ७÷८ वर्षकी निरुता ठगुन्ना, ९÷१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८÷९ वर्षका सुदिश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा उनीहरुको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ती बालवालिकाहरु निकालिएको प्रहरीले बताए । 


प्रहरीका अनुसार अझै पनि शवहरु फसेको हुन सक्ने अनुमान छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex