३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उपत्यकामा हर्न बजाउन कडाइ गर्दै ट्राफिक


प्रकाशित: मंगलवार, २८ जेठ २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हर्न बजाउन कडाइ गर्ने भएको छ । 


उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि कार्वाही सुरु गरेको हो । 


महाशाखाले सोमबारदेखि हर्नमा कडाइ गरको जनाउँदै हिजो ४१३ सवारीसाधनलाई कारवाही गरेको जनाएको छ । 


ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।


महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । 


“ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका उपरीक्षक पन्तले जनाकारी दिए । 


यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन ।


महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex