२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंको थलीमा सडक निर्माणमा ढिलो गरेको भन्दै युवाहरुको प्रदर्शन


प्रकाशित: मंगलवार, २८ जेठ २०७६, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको थलीमा सडक निर्माणमा ढिलो भएको भन्दै स्थानीय युवाहरुले प्रदर्शन गरेका छन । 


प्रदर्शनीका कारण सडकमा सवारी साधान आवागमन अवरोध हुन पुगेको छ । लामो समयदेखि सडक निर्माण नभईरहेको अवस्थाबाट दिक्क भएका स्थानीयहरु स्वतःस्फूर्त रुपमा प्रदर्शनमा निस्केका हुन । 


प्रदर्शनमा उत्रिएका युवाहरुले सडकमा टायर बालेर विरोध जनाएका छन । उनीहरुले स्थानीय सरकारको ढिलासुस्ती र लापरवाहीको कारण सडक निर्माणमा ढिलो भएको अरोप लगाएका छन । 


‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर प्रदर्शनमा उत्रेका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाहीको माग समेत गरेका छन । 


यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडकमा कालोपत्र गर्न स्थानीय, व्यापारी लगायतले टायर बालेर अवरोध गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex