काठमाडौं । कोही भोका नरहुन भन्ने लक्ष्य बोकी लायन्स अन्तर्राष्ट्रिय व्यापी कार्यक्रम अन्तर्गत संचालित लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच. आई. भी. शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु कार्यक्रमका प्रमुख अतिथी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५A2 का गभर्नर सुदर्सनधर प्रधानाङ्गले हस्तातरण गर्नुभयो ।
सन् 2011 देखि एच. आई. भी. सक्रमित विद्यार्थीहरु जम्मा गरी स्कूल सञ्चालन गर्न निकै कठिन भएको र हाल सदनमा २७ जना विद्यार्थी रहेको सफलता एच.आई. भी. शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुनले बताउनु भयो ।
कोहि बालबालिका भोका नरहुन शिक्षाबाट वञ्चित नहोस भन्ने अन्तर्राष्ट्रिय लायन्सको उद्देश्य रहेको हुँदा, शिक्षा सदन सञ्चालन गरी वालबालिकाको भविष्य बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएकोमा, अध्यक्ष पुनलाई धन्यबाद दिदै अन्य संघ सस्थाहरुलाई पनि सहयोग गर्न कार्यक्रममा प्रमुख अतिथी सुदर्सनधर प्रधानाङ्गले मन्तव्य राख्नु भयो । सत्तरी हजार वरावरको खाद्यान्न र स्टेशनरी सामान वितरण भएको कार्यक्रमका संयोजक लायन प्रद्युम्न जोशीले जानकारी गराउनु भयो ।
लायन्स क्लब चाबहिल सिटीका संस्थापक अध्यक्ष लायन अजय खनालको अध्यक्षता सम्पन्न कार्यक्रममा क्यविनेट ट्रेजरर विधान जोशी, एरिया कोअर्डिनेटर रविन्द्र ब। प्रधान, डिष्ट्रिक्ट एडभाईजर एकेन्द्रराज चालिसे, जोन चियर पर्सन बिमल पौडेल, क्लब सचिव प्रधुम्न पोखरेल, कोषाध्यक्ष रमेश रेग्मीका साथै क्लबका अन्य सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम संयोजक जोशीले बताउनुभयो ।
Categorized in समाज