२ भाद्र २०८३, मंगलबार
Header

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, ८ जना विरामी


प्रकाशित: आईतबार, २६ जेठ २०७६, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ भने ८ जना विरामी परेका छन । 


जिल्ला निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी (दीदी बहिनी ) को मृत्यु भएको हो । 


बिरामी हुनेहरुमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका प्रहरीले जनाएको छ ।


उनीहरु सबैको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन ।


प्रहरीका अनुसार विरामीहरुको अवस्था गम्भीर रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex