१३ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिस नेवाः का प्रतियोगीहरुद्वारा प्रतिभा प्रस्तुत


प्रकाशित: शनिवार, २५ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरुको मिस नेवाः नेपाः ११३९ का प्रतियोगितहरुले शुक्रवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । 


यो प्रतियोगिताका प्रतिस्पर्धिहरुले नेवार कला र संस्कृति झल्कने शैलीमा आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।  प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ती मध्ये अधिकांश प्रतिस्पर्धि युवतीहरु हाकु पटासीसहितको नेवार पहिरन लगाएका थिए ।  


कार्यक्रममा सिर्जना श्रेष्ठ, रेफिना श्रेष्ठ, रोशनी कुमपाखा, स्केना कोजु, बिदिशा श्रेष्ठ, पल्सा महर्जन, सुजिना शाही, कञ्चन तिताजु, संगीता महर्जन, कृषा गैंजु, रोजी शाक्य, नीतु ढंगोल, अजुमी शाही, इशा श्रेष्ठ तथा यूनिषा शाहीले विभिन्न नेवार गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।


 ती मध्ये रोजीले किसान जीवनमा आधारित  धान नृत्य प्रस्तुत गरेकी थिइन् भन् सुजिना शाहीले कुमारी चर्या  नृत्य प्रस्तुत गरेकी थिइन् । रोशनी कुम्पाखाले महाकाली नृत्य प्रस्तुत गरेकी थिइन । 


कार्यक्रममा कृतिका प्रजापतिले भने भ्वाइलिन बादनमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेकी थिइन ।


पूर्व  रक्षा  मन्त्री एवं कांग्रेस नेता भिमसेन दास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोको निर्णायकमा नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, पूर्व मिस नेवाः रिजु मानन्धर, वरिष्ठ  गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोक श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, वरिष्ठ  सञ्चारकर्मी विजयरत्न तुलाधर, समाजसेवी श्याम खड्गी, उद्यमी प्रदीपमान प्रधानआदि  रहेका थिए ।


आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, संस्कृति, गीत, संगीत, नृत्य, रितीरिवाज, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन तथा तीनको संरक्षणका लागि यो प्रतियोगिता आयोजना गरिएको बताएकी छिन ।


मिस नेवाः को ग्राण्ड फिनाले जेठ ३२ गते शनिवार कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुँदैछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex