२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

असनमा १० हजार हस्ताक्षर, अब यी स्थानहरुमा हुने


प्रकाशित: शुक्रवार, २४ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । असनको घडीघर (कोथुननि) बचाउन र छायाँ सेन्टर विरुद्ध सम्पदा बचाऊ अभियानकर्ताहरुले असनमा शुक्रवार हस्ताक्षर अभियान सम्पन्न गरेको छ । 


जेठ १८ गते शनिवारबाट असनमा सुरु भएको हस्ताक्षर अयिभानमा १० हजार भन्दा बढी हस्ताक्षर भएको असन कोथुननि बचाउ अभियान समितिका संयोजक नमस्ते सायमीले जानकारी दिए ।


संयोजक सायमीका अनुसार असनमा ६ दिनसम्म हस्ताक्षर हुँदा उल्लेखीय संख्याम सर्वसाधरणले हस्ताक्षर गरेका थिए भने विदेशीहरु समेत यस हस्ताक्षर अभियानमा सहभागी भएका थिए । 


काठमाडौं उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा हस्ताक्षर संकलन गर्ने अभियान अन्तर्गत अब जेठ २६ गते विश्व सम्पदा क्षेत्र हनुमानढोका परिसरको मरु क्षेत्रमा, २९ गते टोकाको मुलढोकामा, ३२ गते कीर्तिपुरको पांगामा हुने भएको छ । 


त्यसैगरी असार ३ गते ललितपुरको मंगलबजारमा, ४ गते ललितपुरकै लखनेलमा, ६ गते भक्तपुरको ठिमी बहाखा बजारमा र ७ गते भक्तपुर दरवारमा गरिने संयोजक सायमीले जानकारी दिए । 


असनको घडी घर (कोथुननि)लाई गुठी संस्थानले व्यापारिक कम्पलेक्स बनाउने निर्णय गरेपछि स्थानीय, सम्पदाप्रेमी र सरोकारवालाहरुले सो विरुद्ध चरणबद्व रुपमा आन्दोलन गरिरहेका छन । 


त्यसैगरी ठमेलको ऐतिहासिक सम्पदा कमलपोखरी मिचेर छायाँ सेन्टर निर्माण गरेपछि सम्पदा बचाउ अभियान्ताहरु कडा संघर्षमा उत्रेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex