३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, २ को मृत्यु, १०० जना घाईते


प्रकाशित: शुक्रवार, २४ जेठ २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । कैलाली र कञ्नपुरमा विहिवार आएको भिषण हावाहुरीमा २ जनाको ज्यानको गएको छ भने १०० जना भन्दा बढि घाईते भएका छन । 


मृत्यु हुनेमा गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरी, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार हावाहुरीबाट कैलालीमा मात्रै ८० जना घाईते भएका छन । उनहरुको धनगढी अस्पतालमा उपचार भईरहेको छ । 


त्यसैगरी कञ्नपुरमा २३ जना घाइते भएकोमा १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ ।


हावाहुरीबाट भएको भौतिक क्षतिको अनुमान गर्न सक्ने अवस्था नभएको प्रहरीको भनाई छ । 


ती जिल्लाहरुमा जनजीवन एकदमै प्रभावित बनेको र अहिले सो क्षेत्रमा विद्युत, सवारी सधान, सञ्चार सुविधामा वाधा परिहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex