२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेलिकमको डाटा प्रयोगकर्ता चैत्र मसान्तसम्म १ करोड नाघ्यो, फोर जी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार


प्रकाशित: मंगलबार, ८ जेठ २०७५, १७ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल टेलिकमको डाटा प्रयोगकर्ता चैत्र मसान्तसम्म १ करोड नाघेको नेपाल टेलिकमले तयार पारेको एमआईस रिपोर्टमा उल्लेख गरेको छ ।

 
एमआइएस रिपोर्टका अनुसार गत चैत महिनामा टेलिकमको डाटा सेवाको प्रयोगकर्ताको संख्या एक करोड एक लाख ५४ हजार पुगेको जनाएको छ ।

 
कम्पनीका अनुसार ०७४ को असार मसान्तसम्म डाटा सेवा प्रयोगकर्ताको संख्या ८४ लाख २५ हजार आठ सय ९४ रहेको थियो ।


जीएसएम डाटा सेवाका प्रयोग कर्ता ९७ लाख ९५ हजार एक सय, सिडीएमए १ लाख ३६ हजार पाँच सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख १९ हजार सात सय रहेको टेलिकमले जनाएको छ ।

 
त्यसैगरी दुरसंचार प्राधिकरणले फागुन महिनामा तयार पारेको एमआइएस रिपोर्ट अनुसार कम्पनीको फोर जी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार आठ सय पुगेको छ ।

 
गत चैत मसान्तसम्म कम्पनीको जानकारी अनुसार टेलिफोन सेवाका ग्राहक एक करोड ९३ लाख २२ हजार आठ सय ५५ , जिएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार पाँच सय ३९ रहेको छ


त्यसैगरी सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार तीन सय ५१ र पीएसटीएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार तीन सय ७३ रहेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex