काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ को भित्री सडक विस्तार गरी स्थानीयको उठीवास गराउन खोजिएको स्थानीयले दुःखेसो व्यक्त गरेका छन ।
स्थानीयहरुले घरधनीहरुलाई कुनै सुचना नदिई सडक विस्तारको योजना ल्याएपछि सकक विस्तारको नाममा विस्थापित गर्न खोजिएको आरोप लगाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ ।
तर सडक विस्तारको विषयमा भने कुनै स्थानीयले कुनै सुचना नदिई सडक विस्तार गर्ने योजना बढाएपछि स्थानीय चिन्तित बनेको छ ।
विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको स्थानीयको भनाई छ ।
स्थानीय लालकृष्ण मिश्रले एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो ।
अहिले धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको मिश्रले बताए ।
यता नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताएका छन ।
Categorized in समाज