काठमाडौँ । फेसबुकले सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक – पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग गरेको जनाएको छ ।
नेपाल सरकारका निकायले सन् २०१७ मा सो एकाउन्ट विबरण माग गरेपछि थोरैमात्र उपलब्ध गराएको फेसबुकले सार्वजनिक गरेको सो रिपोर्टमा उल्लेख गरेको छ ।
नेपाल सरकारका विभिन्न निकायबाट सन् २०१७ को जनवरीदेखि जुनसम्ममा ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो जसमा ४१ वटा एकान्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो भने २ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ ।
यसैगरी, जुलाईदेखि डिसेम्बरसम्म ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्तकालिन भन्दै मागिएको फेसबुकले जनाएको छ ।
कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । एकाउण्ट विवरण माग गर्ने देशहरुमा अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देश अग्रस्थानमा रहेको छ ।
Categorized in प्रबिधि