काठमाडौं । नेपाली चलचित्र क्षेत्रका हस्तिहरुलाई यतिखेर निर्वाचनको चटारो परेको देखिएको छ ।
जेठ २५ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनका लागि चलचित्रकर्मीहरुको दौडधुप बढेको छ ।
कलाकार सरिता लामिछानेले संघको अध्यक्ष पदमा उम्मेदवारी दिएपछि लामिछानेको चर्चा झनै थपिएको छ ।
मंगलवार राजधानीमा आयोजित संघको चुनावी कार्यक्रममा लामिछानेको साथमा नायिक करिश्मा मानन्धर, अभिनेता रमेश उप्रेती, गौरी मल्ल र रेखा थापा लगायतका कलाकार देखिएको छ ।
नेपाली चलचित्र जगतका हस्तिहरु लामिछानेको साथ देखिएपछि अध्यक्ष पद उनकै हातमा नजला भन्न नसिकने चलचित्रकर्मीहरुले भन्न थालेका छन ।
गत चैत २३ गते तोकिएको संघको निर्वाचन अध्यक्ष पदमा उम्मेद्वारी दिएकी उनै सरिताविरुद्ध उजुरी परेपछि रोकिएको पनि जिल्ला प्रशासन काठमाडौले यसको कानुनी उपचार दिएपछि निर्वाचनका लामिछानेको उम्मेदारी निश्चित भएको थियो ।
निर्वाचन सम्पन्न चलचित्र निर्देशक एवं कानून व्यवसायी राजेन्द्र शलभको संयोजकत्वमा पत्रकार एवं अधिवक्ता विजय रत्न तुलाधर र वरिष्ठ अधिवक्ता एवं सोही संघको कानुनी सल्लाहकार शम्भु निरौला समेतको ३ सदस्यीय निर्वाचन समिती गठन गरीएको छ ।
Categorized in मनोरन्जन