२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौं महानगरद्वारा स्थानीय मुद्दा व्यवस्थापन गर्न मेलमिलाप प्रशिक्षण 


प्रकाशित: मंगलवार, २१ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय तहको मुद्दा व्यवस्थापन तथा मेलमेलापको लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्रशिक्षण सुरु गरेको छ । 


राष्ट्रिय सभागृहमा मंगलवारबाट सुरु भएको तालिम उद्घाट्नको क्रममा महानग प्रमुख शाक्यले स्थानीय मुद्दा अदालत पठाउँदा नागरिकको समय र सम्पत्ति खर्च हुने जनाउँदै बिवाद सृजना भएकै ठाउँमा व्यवस्थापन गर्ने बिधि प्रवर्धन गरिने बताए । 


उनले सामाजिक अनुशासन कायम गरेर बिवादलाई शान्तिपूर्ण व्यवस्थापनमा आफ्नो जोड रहेको बताए ।


वडाको शिफारिसमा हरेक वडाबाट एकजना पुरुष र एकजना महिलालाई तालिममा सहभागी गराइएको प्रमुख शाक्यले सो अवसरमा जानकारी दिए । 


सो कार्यक्रममा महानगरका निर्देशक बसन्त आचार्यले मेलमिलापबाट शान्ति स्थापनामा सहयोग पुग्ने बताएका थिए भने  नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीले स्वीकृत पाठ््यक्रममा आधारित मेलमिलाप सम्बन्धि तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउने भएकोले तालिमको संख्या बृद्धि गर्नुपर्नेमा जोड दिए । 


यो तालिम ४८ घण्टाको हुनेछ । तालिममा एक पटकमा २७ जनाभन्दा बढी व्यक्तिलाई सहभागी गराउन पाइँदैन । महानगरले यो तालिम ३ चरणमा सञ्चालन गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex