काठमाडौं । रसुवामाको कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा जीप दुर्घट्ना भएको छ ।
दुर्घट्नामा परि ३ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार बा १० च ५८२० नम्बरको जीप सोमबार साँझ दुर्घट्नमा परेको हो ।
चालकसहित ११ जना यात्रु रहेको सो जीप दुर्घट्नमा मृत्यु हुनेहरुमा आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रसुवाले पुष्टि गरेको छ ।
दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका छन ।
प्रहरीका अनुसार उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान गरेको छ । यही आशंकामा प्रहरीले अहिले उनीहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा ५ जना घाइते भएका छन । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन। घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ । अन्य २ घाइतेको अवस्था भने सामान्य छ ।
Categorized in समाज