काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलको रात्रीकालिन व्यवसायप्रति स्थानीयवासी तथा सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सुरक्षाकर्मी, व्यवसायीहरुले ठमेलको रात्रीकालिन व्यवसाय बारे चर्चा गरेका थिए ।
ठमेल क्षेत्रमा देखिएको विकृतीहरुको अन्त्य गर्न सकेमात्र समृद्ध ठमेल र स्वच्छ पर्यटकीय गन्तव्य हुनेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
सो कार्यक्रममा काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताएका छन ।
त्यसैगरी काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको जोड दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने सबैको सहयोग अवाश्यक रहेको बताए ।
उनले भने, ‘व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ’ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजु, महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसी, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठेमलको रात्रीकालिन व्यवसायलाई व्यवस्थित बनाउन आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा सहभागी स्थानीय, सरोकारवालाहरुले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका घट्नाहरुप्रति सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत हुनुनर्पेमा जोड दिएका छन ।
Categorized in समाज