काठमाडौं । भाषिक आन्दोलनका सक्रिय कार्यकर्ता तथा नेकपा प्रदेश समिति सदस्य उमेश स्थापितलाई पितृ शोक परेको छ ।
आईतबार दिउँसो २ः३० बजेको समयमा स्थापितका पिता प्रथमाञ्जलि स्थापित (नाती दाई) को निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
उनको पार्थिव शरिरलाई सोमबार विहान शोभा भगवति दिपमा अन्तिम दाहासंस्कार गरिने भएको छ ।
८६ बर्षिय उनका एक श्रीमति, २ छोरा र ३ छोरी छन ।
Categorized in समाज