२ भाद्र २०८३, मंगलबार
Header

उपत्यकामा दिउँसो मालवाहक सवारीसाधनलाई रोक लगाउने


प्रकाशित: आईतबार, १९ जेठ २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाका ट्राफिक व्यवस्थापनलाई ध्यान दिई सरकारले आगामी असार १ गतेदेखि उपत्यकामा दिउँसोको समयमा मालवाहक सवारी साधानमा रोक लगाउने भएको छ । 


निर्माण समाग्री, खाद्यान्न, वोक्ने भ्यान लगायतका सबै प्रकारका मालवाहक सवारीसाधन संचालनमा रोक लगाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।


यस कार्यको व्यवस्थापनको लागि विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्व बसेको बैठकले सो निर्णय गरेको हो । 


अत्यावश्यक र आपतकालि सेवा पानी, दूध र अक्सिन लगायतकामा प्रयोग भएका सवारी साधनलाई भने कुनै रोक नहुने विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


विहान ८ बजेदेखि वेलुकी ७ बजेसम्म सबै प्रकारका मालवाहक सवारी साधानलाई संचालनमा रोक लगाउन लागिएको हो ।


यो नियम शनिवार र सरकारको विदाका दिनमा भने लागु हुने जारी विज्ञप्तीमा जनाएको छ । 


विभागका अनुसार काठमाडौं तथा ललितपुरको चक्रपथ भित्रको सबै क्षेत्रमा मालबहाक सावरी साधान निषेध गरिने भएको छ ।


भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुर जिल्लाका चक्रपथ बाहिरका चावहिल (जोरपाटी सडक, गोपीकृष्ण – कपन सडक, नारायणगोपाल चोक ( बुढानीलकण्ठ सडक, बसुन्धरा क्षेत्र, सामाखुसी ग्राण्डी अस्पताल सडक, वागडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धि सडक, ग्वार्को चापागाँउ सडकमा दिनभर मालवाहक सवारीसाधन संचालन गर्न नपाईने बिभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex