काठमाडौं । जैशी देवल युथ क्लवको १७ औ साधारण सभाबाट राजेश प्रजापतिको अध्यक्षतामा ११ कार्यसमिति निर्वाचित भएको छ ।
शनिवार जैशीदेवलस्थित क्लवमा सम्पन्न सो सभाबाट उपाध्यक्षमा रोजन्द्र महर्जन, महासचिव चन्द्रगोपाल प्रधान, सचिव हितेश कारंजित, कोषाध्यक्ष गिरीधर मान श्रेष्ठ निर्वोरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा प्रमेश बहादुर श्रेष्ठ, प्रविन कर्माचाय, राजेन्द्र मानन्धर, भरत कारंजित, ज्ञानिक मान दिपंकर र तिर्थ राई रहेका छन ।
समाजिक स्तरमा लोकप्रिय युथ क्लवले समाजको विभिन्न क्षेत्रहरु रक्तदान, स्वास्थ्य शिविर, सरसफाई, स्थानीय जात्रा, संस्कृति, सम्पदा संरक्षण लगायतका कामहरु गर्दै आएको क्लवका सदस्य राजेन्द्र मानन्धरले जानकारी दिए ।
निर्वाचित अध्यक्ष प्रजातिप नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ या महासचिव समेत हुन । उनले खेल क्षेत्रमा आप्नो छुट्टै पहिचान समेत स्थापित गरेका छन ।
जैशीदेवल युथ क्लवका सल्लाहकार तथा नेपाल चलचित्र संघया उपाध्यक्ष मधुसुदन प्रधानको संयोजकत्वमा राजेश शर्मा र हरिश्वरमान रंजित सदस्य रहेको एक निर्वाचित समितिले क्लवका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

Categorized in समाज