३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरको एक्सन टिमले सहरको मङ्गाल सफा गर्ने


प्रकाशित: शुक्रवार, १७ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको ¥यापिड एक्सन टिमले सहरको पानी जम्ने मङ्गाल सफा गर्ने भएको छ । 


शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कामपाले जनाएको छ । सरोकारवालाहरुको बैठकमा भएको निर्णय अनुसार आगामी हप्ताबाट मङ्गाल सफा गर्ने भएको हो । 


सडक बिभाग, डिभिजन सडक कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ढल महाशाखा र काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागको समन्वयमा हुनेछ ।


बैठकले यस कार्यको लागि सडक बिभाग, डिभिजन सडक कार्यालय र काठमाडौं महानगरका वातावरण बिभाग र नगर प्रहरी महाशाखा सम्मिलित ¥यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ ।


तीनकुने क्षेत्रमा पानीको निकास नहुँदा बर्षाको मौसम पानी जम्ने भएकोले यस समाधानको लागि  उड्डयन प्राधिकरणलाई बिमानस्थल निर्माण गर्दा माटो नबग्ने बिधि अपनाउन पत्राचार गर्ने निर्णय समेत गरेको छ । 


बैठकमा बैठकमा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक ओकेन्द्रप्रसाद यादव, इन्जिनियरिङ् शाखाका प्रमुख मिलन शाक्य, खानेपानी लिमिटेडको ढल महाशाखा प्रमुख अर्जुनबाबु ढकाल, महानगरका निर्देशक नारायणबाबु भट्टराई, हरिबहादुर कुँवर, नगरप्रहरी नायव उपरीक्षक धनपति सापकोटा, उपनिर्देशक सरस्वती पोख्रेलसहितका अधिकारीको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex