३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुमन सायमीसहित पक्राउ परेका सबै रिहा


प्रकाशित: विहिवार, १६ जेठ २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । धुम्बाराहीमा सडक विस्तार पीडितको पक्षमा उभिँदा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीसहित सबै रिहा भएका छन । 


विहिवार दिउँसो काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराहीस्थित वडा अध्यक्ष मोहन बहादुर विष्टका स्थानीयको घर जग्गा भत्काएर ढलका पाईपहरु राख्ने कार्य गरेपछि स्थानीयहरुको पक्षमा समितिका अध्यक्ष उभिएपछि उनीसहित ४ जना पक्राउ परेका थिए । 


महाराजगञ्ज बृतमा उनीहरुलाई राखेपछि संघर्स समितिको अव्हानमा स्थानीय, सरोकारवालाहरु, अभियानकर्मी उनको रिहाईको लागि पुगेका थिए । 


सम्पदा अभियान्ता गणपति श्रेष्ठले दिएको जानकारी अनुसार अनुसार वडा अध्यक्ष विष्टले करिब २ सय जनाको प्रहरी जत्था बोलाएर वल पूर्वक काम सम्पन्न गर्न खोजेपछि सो कार्यको विरोध गर्दा सुमन सायमी, राम लामा, सुरेन्द्र श्रेष्ठ र अन्य एक जना गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


श्रेष्ठले स्थानीय जनप्रतिनिधीद्वारा गरिएको यस किसिमको  कार्य हदै सम्मको दादागीरी भएको आरोप लगाएका छन । 


उनले भने,‘ स्थानीयको समस्या मागलाई वे–वास्ता मात्र होईन, सर्वोच्चको आदेशको समेत उल्लंघन गरेको देखिएको छ ।’


प्रहरी हिरासतमा रहेकाहरुको रिहाईको माग गर्दै स्थानीयहरु जम्मा भएको र वार्ता चलिरहेको श्रेष्ठले जानकारी दिँदै वडा अध्यक्षले सःसर्तमा रिहान गर्ने कुरा गरिरहेकोले आफूहरु सर्तसहितको वार्ताको पक्षमा नरहेको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex