३ भाद्र २०८३, बुधबार
Header

धुम्बाराहीमा सडक विस्तार पीडितको पक्षमा उभिँदा सुमन सायमीसहित ४ पक्राउ


प्रकाशित: विहिवार, १६ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ४ धुम्बाराहीस्थित सडक विस्तारको क्रममा स्थानीयको घर जग्गा भत्काएपछि स्थानीय विरोधमा उत्रेका छन । 


वडा अध्यक्ष मोहन बहादुर विष्टको आदेशमा विहिवार दिउँसो स्थानीयको घर जग्गा भत्काएर ढलका पाईपहरु राख्ने कार्य गरेपछि स्थानीयहरुले गरेपछि विरोध रोक्न प्रहरी परिचालन गरेको छ । 


स्थानीयहरुको चर्को विरोधका वावजुत पनि स्थानीयको घर जग्गा पार्खाल भत्काएको खवर पाएपछि उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, सम्पदा अभियान्ता गणपति श्रेष्ठ लगायात पुग्दा स्थिती तनाव ग्रस्त भएको थियो । 


अयिभन्ता श्रेष्ठका अनुसार वडा अध्यक्ष विष्टले करिब २ सय जनाको प्रहरी जत्था बोलाएर वल पूर्वक काम सम्पन्न गर्न खोजेपछि सो कार्यको विरोध गर्दा सुमन सायमी, राम लामा, सुरेन्द्र श्रेष्ठ र अन्य एक जना गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


उनीहरुलाई महाराजगञ्ज बृतमा राखिएको श्रेष्ठले जानकारी दिएको छ । 


श्रेष्ठले स्थानीय जनप्रतिनिधीद्वारा गरिएको यस किसिमको  कार्य हदै सम्मको दादागीरी भएको आरोप लगाएका छन । 


उनले भने,‘ स्थानीयको समस्या मागलाई वे–वास्ता मात्र होईन, सर्वोच्चको आदेशको समेत उल्लंघन गरेको देखिएको छ ।’


प्रहरी हिरासतमा रहेकाहरुको रिहाईको माग गर्दै स्थानीयहरु जम्मा भएको र वार्ता चलिरहेको श्रेष्ठले जानकारी दिँदै वडा अध्यक्षले सःसर्तमा रिहान गर्ने कुरा गरिरहेकोले आफूहरु सर्तसहितको वार्ताको पक्षमा नरहेको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex