१२ भाद्र २०८३, शुक्रबार
Header

विभिन्न देशका नक्कली मुद्रा कारोबार गर्ने जार्डन नागरिक पक्राउ


प्रकाशित: मंगलबार, ८ जेठ २०७५, १०ः५५ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले सोमबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल गौचरनबाट विभिन्न देशका नक्कली विदेशी मुद्रा कारोबार गर्ने जार्डन नागरिकलाई पक्राउ गरेको छ । 


प्रहरीले राहदानी नम्बर ई ९१५३३५०१ बाहक जोर्डनका नागरिक ६६ वर्षीय मजिन अब्दील्जबबर तलेब अल्सकियमेह लाई सुटकेशमा लुकाई छिपाई राखेको नक्कली विदेशी मुद्रा सहित पक्राउ गरेको हो ।

 
प्रहरी पक्राउ गरेका जोर्डन नागरिकबाट अमेरिकी डलर १ सय दरको ६८ थान, सेन्ट्रल बैंक अफ ओमनको ५० दरको नोटका च्यातिएका टुक्रा २२ थान, अमेरिकी डलर १ सय दरको नोटका च्यातिएका टुक्रा १६ थान, साउदी रियाल ५ सय दरको नोट २५ थान, अमेरिकी डलर ५ सय दरको भिसा ट्राभलर चेक १ थान सहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।


 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex