३ भाद्र २०८३, बुधबार
Header

थानकोट प्रहरी प्रमुख गिरीलाई ४० हजार घुस दिन खोज्ने पक्राउ


प्रकाशित: विहिवार, १६ जेठ २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौँ । थानकोट प्रहरी निरिक्षक भुपेन्द्र गिरीलाई ४० हजार घुस दिन खोज्ने एक पक्राउ परेका छन । 


झापाका अभिषेक कार्कीले प्रहरी निरिक्षक गिरीलाई घुसको अफर गरेपछि उनी पक्राउ परेका हुन । 


बुधवार गिरीलाई कार्कीले रु ४० हजार दिन्छु, घटना मिलाइदिनुप¥यो भन्दै तत्काल रु १० हजार दिँदादिँदै उनी पक्राउ परेका थिए । 


कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेको थियो । 


कार्कीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 


अख्तियारको टोलीले उनको साथबाट रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex