१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रम ओलीद्वारा एक्सन रुमको शुभारम्भ, ७ प्रदेशको मुख्यमन्त्रीसँग भिडियो संवाद


प्रकाशित: विहिवार, १६ विहिवार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गणतन्त्र दिवशको अवसरमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को शुभारम्भ गरेका छन । 


प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीसँग भिडियो संवाद गरी शुरुआत गरेको कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए । 


भिडियो संवादमा प्रम ओलीले गणतन्त्र दिवसको शुभकामना दिनुका साथै आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेटका बारेमा कुराकानी गरेका थिए । 


पहिलो चरणमा मेलम्ची, माथिल्लो तामाकोशी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा, भेरी बबईलगायत सिँचाइ आयोजनाको अनुगमन गरिनेछ । कक्षमा पूर्ण हाइडेफिनेसन गुणस्तरसहितको ७० इञ्चको ‘डिस्प्ले’, ‘स्पीकर ट्रयाकिङ’, ‘अटोफोकस’सहितको उपकरण जडान गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex