काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा तेश्रो आदिवासी चलचित्र महोत्सव हुने भएको छ ।
जेठ महिनाको २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
३ दिनसम्म चल्ने यस महोत्सवमा २०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण आदिवासी जनजाति चलचित्र महासंघकोले ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना गर्ने भएको छ ।
आदिवासी चलचित्रले राष्ट्रको मौलीक पहिचान बचाई राख्नुको साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने विश्वासका साथ महासंघले तीन दिवसीय आदिबासी जनजाति चललिचत्र मोहत्सब २०७६” कार्यक्रमको आयोजना गर्न लागेको सो पत्रकार सम्मेलनमा बताइएको छ ।
आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकास लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ कार्यक्रमले सहयोग गर्ने लक्ष्य लिएको छ ।
यस महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने छन ।
पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यस महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस अवार्ड, उत्कृट आदिबासी जनजाति चलचित्र (जुरी अवार्ड) अभिनय तर्फ महिलारपुरुष उत्कृट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरि जम्मा ६ विधामा अवार्ड बितरण गरिने जानकारी दिए ।
पुरस्कारको निर्णय गर्न विज्ञहरुको निर्णायक मण्डलले चलचित्र अवलोकन गर्ने कार्य आरम्भ गरिसकेको छ ।
Categorized in मनोरन्जन