काठमाडौं । नेकपा नेतृत्व सरकारले बुधवार संघीय संसदमा आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट पेश गर्दैछ ।
अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आय व्ययको अनुमानति बजेट पेश गर्ने छ ।
यस बर्षको बजेटमा सरकारले भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ ।
राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई यो बर्ष करीब १५ खर्ब बराबरको बजेट ल्याउन सीमा तोकेको थियो ।
चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो ।
Categorized in राष्ट्रिय