काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन सडक १४ दिनको लागि बन्द हुने भएको छ ।
चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माण कार्य सम्पन गर्न अन्तिम चरणको काम भईरहेकोले सडक बन्द गरिएको हो ।
पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जारी गरेको सूचना अनुसार सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले उक्त दिनमा सडक बन्द गरिने भएको हो ।
योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो ।
Categorized in समाज