१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बुधवारबाट तातोपानी नका पुनः सञ्चालनमा आउँदै


प्रकाशित: मंगलवार, १४ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । विनाशकारी भूकम्पले बन्द बनाएको चिनियाँ नका तातोपानी बुधवारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।


गणतन्त्र दिवशको अवसर पारेर तातोपानी नाका खुला घोषणा गर्ने सरकारी कार्यक्रम रहेको छ । 


नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुने कार्यक्रम रहेको छ । 


यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने छ ।


 सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनसार बुधवार १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ ।


रिबन काटेर नाका सञ्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कण्टेनरको स्वागत गरिनेछ । नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex