१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सगरमाथामा शताब्दी पुरुष जोशीको तस्वीर र महागरको लोगो फहराईन कल्पनाले


प्रकाशित: सोमबार, १३ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । महिला पत्रकार कल्पना महर्जनले सगरमाथाको चुचुरोमा संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीको तस्वीर उत्तरी र ललतिपुर महानगरको लोगो फहराईन । 


जेठ ९ गते विहान १० बजेर २० मिनेटको समयमा महर्जनले उत्तरी मोहोडाबाट सगरमाथामा आरोहण गरेका उनले नेपालीको शान जोशीको तस्वीर राख्न सफल भईन । 


महानगरको विशेष सहयोगमा यसपटक कल्पना महर्जन सगरमाथाको सफल आरोहण गर्न सफल भएकी थिईन । 


त्यसैगरी उनले दुवै मोहडाबाट सगरमाथा आरोहरोण गरी कीर्तिमान समेत राखेकी छिन । 


आउटडोर्स नेपालका प्रबन्ध निर्देशक तथा टिम लिडर रबिन्द्र महर्जनका अनुसार यस अघि उनले सन २०१८ मा दक्षिणी मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन ।


दुबै मोहोडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला पत्रकार बनेकी उनले यसमा कीर्तिमान कायम गरेकी हुन । 


कल्पनाको सगरमाथा समूहमा ६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex