१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

विप्लव माओवदीको माग के हो ?ः प्रधानमन्त्री ओली


प्रकाशित: सोमबार, १३ जेठ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’ माओवादीलाई माग के हो भनी प्रश्न गरेका छन । 


ललितपुरमा आयोजित राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा प्रम ओलीले माग के हो प्रश्न गर्दै अब के चाहियो भनेर सोध्न चाहेक बताए । 


विप्लव माओवादीले आईतबार गराएको बम विस्फोटनप्रति आक्रोश व्यक्त गर्दैै प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने कार्य मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए ।


आईतबार काठमाडौंको विभिन्न स्थानमा भएको बम विस्फोटनमा परि ४ जनाको मृत्यु भईसकेकोमा ३ जना विप्लव कार्यकर्ता भएको प्रहरीले पुष्टि गरेका छन । 


त्यसैगरी विस्फोटमा ६ जना घाईते भएका छन भने विप्लवका ७ जना कार्यकर्ताहरुलाई प्रहरीले राजधानीबाट नियन्त्रणमा लिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex