३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कोटेश्वरबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ


प्रकाशित: आईतबार, १२ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले कोटेश्वरबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ गरेको छ । 


प्रहरीले पक्राउ गरेकाहरुका नाम भने सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई कोटेश्वर, नरेफाँटबाट ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।


महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले उनीहरुबाट पर्चा समाग्रीहरु समेत फेला परेका छन । 


आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएपछि प्रहरीले विप्लव समूहका कार्यकर्ता तथा नेताहरुको तिव्र खोजी कार्य बढाएको छ । 


विष्फोटमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex