३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विमानस्थलबाट भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नक्कली भारतीय रुपियाँ र लागु औषध कारोवारमा पक्राउ परेका युनुस अन्सारी फेरि भारतीय नक्कली नोटसहित पक्राउ गरेको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस अन्सारीसँगै नसरुद्दिन अन्सारी र अन्य २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा नसरुद्दिन अन्सारीको नाम खुलेपनि अन्यको खुलाएको छैन । व्रिफ केशमा भेटिएको सो रकम नक्कली रहेको प्रहरीले विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरलाई उद्धत गर्दै पुष्टि गरेको छ । 


युनुसलाई यस अघि २०७० माघ ११ गते प्रहरीको विशेष व्यूरोले ३५ लाख भारु नोट सहित पक्राउ गरेका थिए
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex