३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरले सार्वजनिक जग्गामा सञ्चालित व्यवसाय र टहरा हटाउने


प्रकाशित: विहिवार, ९ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको सार्वजनिक जग्गामा सञ्चालित व्यवसाय र टहराहरु हटाउने भएको छ । 


सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको छ भने कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । 


ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको जनाएको छ । 


महानगरले सार्वजनिक जग्गाको पहिचान र संरक्षणको कामलाई तिव्र गतिमा बढाएको जनाएको छ । 


अहिलेसम्म ५० रोपनी सार्वजनिक जग्गाको पहिचान भएको महानगरपालिकाले जनाएको छ । वडा नं ३ मा १५, ६ मा १० र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको हो । 


सार्वजनिक जग्गा पहिचान समिति गठन गर्ने तयारीमा रहेको महानगरले समितिको सयोजकमा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीलाई छनौट गर्ने भएको छ । 


अध्यक्ष केसीका अनुसार सो वडामा हालसम्म १५ रोपनी जग्गाको पहिचान भएको छ । अब समितिले त्यसको संरक्षण र अन्य जग्गाको पहिचान गर्ने कार्य गर्नेछ ।  


महानगर प्रमुख विद्यासुन्दर शाक्यले अन्य वडामा रहेको सार्वजनिक जग्गा पहिचान गर्न सबै वडाका वडाध्यक्षलाई निर्देशन दिएका छन ।   कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex