काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेक जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।
मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।
Categorized in समाज