२ भाद्र २०८३, मंगलबार
Header

उपत्यकामा खानेपानी हाहाकार हुन थालेपछि दवाव समूह जाग्यो, ललितपुरमा भेला


प्रकाशित: बुधवार, ८ जेठ २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सुख्खा मौसम सरु भएलगत्तै उपत्यकामा खानेपानीको हाहाकार हुन थालेको छ ।


उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) पानी वितरण माग अनुसार आपूर्ति गर्न नसकेपछि पानीको समस्या जटिल हुने देखिएको छ । 


पानीको समस्याले अतालिएको उपत्यका खानेपानी पीडित दवाव समूहले विहिवार ललितपुरको कुम्भेश्वरमा सरकारलाई दवाव दिन भेलाको आयोजना गरेको छ । 


विहान ७ः३० बजे हुने सो भेलाले सरकारलाई खानेपानी वितरणमा भएको समस्या, खानेपानी चुवाहट लगायतका विषयमा दवाव दिने कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ । 


केयुकेएलले राजधानीमा २ महिनामा तीन पटक मात्रै पानी वितरण थालेपछि खानेपानीको समस्या हवात्तै बढेको हो । 


दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५ करोड लिटर घटेको छ । उपत्यकामा दैनिक ४१ करोड लिटरभन्दा बढी माग छ । 


भक्तपुर शाखाबाट प्रत्येक चार दिन विराएर वितरण हुने गरेको छ भने ललितपुर शाखाबाट ६ दिन विराएर वितरण हुने गरेको छ । त्रिपुरेश्वर शाखाले साताको तीन दिन वितरण गर्ने गरेको छ । बानेश्वर शाखाले आठ दिन विराएर एक पटक वितरण गर्ने गरेको छ ।  


काठमाडौंभित्र ४० प्रतिशत पानीको चुहावट रहेको केयुएकले जनाएको छ । 


यसै बर्ष मेलम्ची काठमाडौंमा आउने सरकारीस्तरबाट व्यापक हल्ला चलिरहेको बेला मेलम्ची ठेक्का काण्ड घटेपछि मेलम्चीको पानी उपत्यकावासीको लागि सपना जस्तो मात्र भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex