२ भाद्र २०८३, मंगलबार
Header

मावन बस्ती नजिकमा रहेका पेट्रोल पम्पहरु हटाईनेः काठमाडौं महानगर


प्रकाशित: बुधवार, ८ जेठ २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मानव बस्ती नजिक रहेको बढि जोखिमपूर्ण पम्पहरु हटाईने वा स्थानान्तरण गर्ने जनाएको छ । 


महानरले साझोदार निकायको सहकार्यमा १५ दिन लगाएर गरेको पेट्रोल पम्पहरुको अनुगमन गरेको हो । 


अनुगमनको क्रममा मानव बस्ती नजिक र सडकको एकदमै नजिक रहेको पेट्रोल पम्पहरुको अवस्था पत्ता लागेको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । 


कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो ।


सो कार्यदलको प्रतिवेदनको आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने संयोजक कुँवरले बताएका छन । 


महानगरका अनुसार विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने जनाएको छ ।  हाल कामपामा कूल ७५ पम्पहरु रहेका छन । 


पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि महानगरले बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex