६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

केदारनाथ मन्दिरको उद्घाटन, उपत्यकाको मूर्त र अमूर्त सम्पदाको संरक्षण आवश्यक


प्रकाशित: बुधवार, ८ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । विनाशकारी भूकम्पले क्षति पुराईएको भक्तपुरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । 


पुनःनिर्माण गरिएको यस मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गरेका हुन । 


भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिएको मन्दिर उद्घाटनको क्रममासांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग समेत गरेका छन । 


उनले उपत्यकाका मूर्त र अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको बताए । 


कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रो सम्पदा निर्माणमा आफै लाग्नु पर्नेमा जोड दिनुपर्ने बताए । 


मन्दिर निर्धारित समयभन्दा अगावै पुनःनिर्माण सम्पन्न भएकोमा नगर प्रमुख प्रजापतिले खुसी व्यक्त गरेका थिए ।  


त्यस अवसरमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, कार्यक्रमका सभापति एवं भक्तपुर नपा–३ का वडाध्यक्ष राजकृष्ण गोरालेलगायतले यहाँका सम्पदा पुनःनिर्माणमा नगरपालिकाले देखाएको अग्रसरता नमूना रहेको चर्चा गरेका थिए । 


कार्यक्रममा केदारनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण त्वायनाले मन्दिरको साँचो भक्तपुर नपाका प्रमुख प्रजापतिलाई हस्तान्तरण गरे । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika