काठमाडौं । भोजपुरमा प्रहरीको गोली लागेर घाईते भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।
मंगलावर दिउँसो भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित जंगल क्षेत्रमा भएको गोली प्रहारबाट घाईते भएका घिमिरेको उपचारको लागि लैजादै गर्दा वाटैमा निधन भएको प्रहरीले बताएका छन ।
३२ वर्षीय घिमिरेको तिघ्राको गोली लागेको उनको प्राथमिक उपचार पछि थप उपचारको लागी लग्ने क्रममा मृत्यु भएको हो । उनी षडानन्द नगरपालिका–२, कुदाककाउलेका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विप्लव कार्यकर्ता आफूहरुमाथि जाईलेपछि आत्मरक्षाको लागि प्रतिकार गर्दा घिमिरे घाईते भएको बताएपनि विप्लव समुहले यसलाई खण्डन गरेको छ ।
घिमिरेलाई नियन्त्रणमा लिएर हत्या गरेको विप्लव समूले सञ्चारमाध्यमहरुलाई बताएका छन ।
सरकारले विप्लव समूहका कार्यकर्ता तथा नेतालाई नियन्त्रणमा लिने क्रममा पहिलो पल्ट यस किसिमको घट्ना भएको हो ।
Categorized in समाज