३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विपत्ति विर्सिए क्षति दोहोरिनेः प्रमुख शाक्य, केलटोलदेखि माखँ गल्लीसम्म पाईपलाईन


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौंं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले विपत्ति विर्सिए क्षति दोहोरिने बतााएका छन । 


प्रमुख शाक्यले मंगलबार काठमाडौं महानगरपालिका, ब्रिटिस रेडक्रस र नेपाल रेडक्रस काठमाडौं शाखाको आयोजनामा आयोजित एक कार्यक्रममा सो कुरा बताउँदै विपत्तिबाट हुने जोखिम कम गर्न काम थाल्नु पर्नेमा जोड दिएका छन । 


सम्पन्न उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रम (स्टेन्थेनिङ् अर्बन रिजिलियन्स एण्ड इङ्गेजमेन्ट प्रोग्राम (एसयुआरइ) को समीक्षा र अनुभव आदानप्रदान तथा आगामी कार्ययोजना बिषयक अन्तरक्रियामा सो कुरा बताएका हुन । 


न्युन जोखिम र अति जोखिमको नक्साङ्कन तथा बिपत्तिका समयमा हुन सक्ने क्षति पहिचान गर्ने काममा समुदायको क्षमता बिकास गर्न काठमाडौं जिल्लाका काठमाडौं महानगर र बुढानिलकण्ठ नगरमा यो परियोजना सञ्चालन भइरहेको छ ।


यसै सन्दर्भमा महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले भित्री सहरको केलटोलदेखि माखँ गल्लीसम्म दमकल जान नसक्ने ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्ने पाइपलाइन विछाउने कार्य अघि बढेको जानकारी दिए । 


उनले विपत्तिको प्रभावकारी सामना तथा जोखिम व्यवस्थापन सीप बढाउन बिद्यालय शिक्षाको पाठ््यक्रममा राखेर नै बालबालिकालाई बिपत्ति अध्ययन गराउने तयारी रहेको बताए । 


सो अन्तरक्रियामा रेडक्रस काठमाडौं शाखाका मन्त्री श्याम डोटेल, कार्यक्रम संयोजक शारदा खतिवडाले विपत्त व्यवस्थापनको बारेमा सहभागीहरुलाई जानकारी गरएका थिए । 


यस अन्तर्गतको परियोजनाले काठमाडौंका २ वटा भूमिहीन समूह, एउटा एकल महिलाको समूह र एउटा जनजातिको समूहलाई संकटासन्न समूह मानेर काम गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex