४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पाँचथरमा ९ जनाको विभत्स हत्या, एक बालिकाले भागेर ज्यान जोगाए


प्रकाशित: मंगलवार, ७ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । पाँचथरमा मिक्लाजुङ गाउँपालिकामा दुई परिवारको ९ जनाको विभत्स हत्या भएको छ । 


गाँउपालिका–३ आरुबोटेमा गए राति मुकुण्डो लगाएका हतियारधारी समूहले हत्या गरेको भागरे बाँच्न सफल भएकी १२ बर्षिया बालिका सीता खजुमले परिवारलाई बताएका छन । 


प्रहरीका अनुसार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।


धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको समाचार राससमा उल्लेख छ । 


हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।


यस घट्नाबारे वडाध्यक्ष हस्तराज फियाकले पनि पुष्टि गरेको समाचारमा उल्लेख छ । 


घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली पुगेको छ भने प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex