४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पन्ध्र तोला सुनका गरगहना चोरी गर्ने २ जना पक्राउ


प्रकाशित: सोमवार, ६ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरबाट १५ तोला बराबरको गरगहना चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन्न । घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा उनीहरुलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 


रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो ।


शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । 


यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex